सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले दुई लाखनजिक पुगेर नयाँ रेकर्ड बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन १ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च भएको हो ।

बिहीबार एक लाख ९८ हजार ४०० रुपैयाँका किनबेच भएको सुन आज प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ बढेर प्रतितोला दुई हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।