संयोजक हरिकृष्ण गजुरेलको देश दौडाहा: राष्ट्रिय मुक्ति एकता अभियानको सिलसिलामा भेटघाट एवं सम्वाद गर्दै

काठमाडौं। कम्युनिस्ट समाजवादी पार्टी, नेपालका संयोजक हरिकृष्ण गजुरेल (भाष्कर)ले राष्ट्रिय मुक्ति एकता अभियानको नाममा देशव्यापी भ्रमण कार्यक्रम सुरु गरेका छन्। पार्टीको केन्द्रीय निर्णय अनुसार यो अभियान सञ्चालन गरेको संयोजक गजुरेलले जानकारी दिएका छन्।

राष्ट्रिय मुक्ति एकता अभियानको मूल उद्देश्य पार्टीका नेता, कार्यकर्ता र आमजनतासँग प्रत्यक्ष जन-सम्पर्क स्थापना गर्नु रहेको छ। यस क्रममा संयोजक गजुरेलले पूर्वका विभिन्न स्थानहरूमा पुगेर पार्टीको नीति,कार्यक्रम र भविष्यका योजनाहरूबारे व्यापक छलफल गर्ने तालिका रहेको बताइएको छ।

कम्युनिस्ट समाजवादी पार्टी, नेपालको यो पहल राजनीतिक दलहरूको जनसम्पर्क रणनीतिको हिसाबले महत्वपूर्ण मानिएको छ। पार्टीका अनुसार यस अभियानमार्फत जनताको समस्या र सुझावहरू संकलन गरी पार्टीको नीति निर्माणमा समावेश गर्ने लक्ष्य रहेको छ।

संयोजक गजुरेलले यस अभियानलाई पार्टी र जनताबीचको दूरी घटाउने महत्वपूर्ण माध्यम भनेर उल्लेख गरेका छन्। उनका अनुसार राष्ट्रिय मुक्ति एकता अभियानले नेपाली समाजको एकताबद्धता र राष्ट्रिय स्वाधीनताका मुद्दाहरूमा फोकस गर्ने बताएकाे छ।

राष्ट्रिय स्वाधीनता, जनअधिकार र राजनीतिक एकतालाई बलियो बनाउने अभियान अहिले पार्टीकाे लागि आवश्यकता भएको बताए। देशमा बढ्दो वैदेशिक हस्तक्षेप, राजनीतिक अस्थिरता र जनजीविकाका समस्या समाधानका लागि पार्टीले याे अभियान सञ्चालन गरेकाे संयाेजक गजुरेलले दाबी गरे। 

पार्टीको केन्द्रीय निर्णयअनुसार नेता, कार्यकर्ता र आम जनतासँग प्रत्यक्ष संवाद र अन्तरक्रियामार्फत अभियानका उद्देश्यहरू जनस्तरमा पुर्‍याउने लक्ष्यका साथ देश दौडाहा सुरु गरिएकाे हाे उनले भने।  

देशभरका विभिन्न जिल्ला,नगर र गाउँमा पार्टीका संरचना सुदृढ गर्ने, संगठन विस्तार गर्ने र आम नागरिकका मुद्दा प्रत्यक्ष सुन्ने योजना बनाइएको जानकारी दिए। उहाँका अनुसार यस यात्रामा स्थानीय राजनीतिक शक्ति, नागरिक समाजका प्रतिनिधि,पत्रकार र विभिन्न पेशागत संघ–संस्थासँग पनि छलफल हुने बताए।

कम्युनिस्ट समाजवादी पार्टीले यसअघि घोषणा गरेको राष्ट्रिय मुक्ति एकता अभियानलाई निरन्तरता दिइएकाे र आवश्यक परे थप चरणहरूमा अघि बढाइने याेजना रहेएको बताए।

यस्ता अभियानहरूले राजनीतिक दलहरूलाई आफ्ना आधारभूत शक्तिहरूसँग जोड्न र नयाँ समर्थकहरू खोज्न सहयोग पुर्याउने गर्छ।गजुरेलको यो पहलले कम्युनिस्ट समाजवादी पार्टी, नेपालको राजनीतिक उपस्थिति बलियो बनाउने दिशामा काम गर्ने अपेक्षा गरिएको छ।