यो सत्ता समीकरण ०८४ को निर्वाचनसम्मै रहन्छ: गृहमन्त्री लेखक
काठमाडौं।गृहमन्त्री रमेश लेखकले ०८४ सालको निर्वाचनसम्मै वर्तमान सत्ता समीकरण अघि बढ्ने बताएका छन्। काठमाडौँमा मंगलवार आयोजित भूमि समस्या समाधान आयोगको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताए। उनले अहिले नेपाली काग्रेस र नेकपा एमाले मिलेर स्थिर सरकार दिएको बताए।
मुलुकमा सरकारको स्थिरता नै सुनिश्चित हुन नसकेपछि नागरिकका समस्या समाधान हुन सक्दैनन् भन्ने बुझेर बनेको सरकार भएको बताए।
सरकारको स्थिरताले भूमि समस्या समाधान आयोगको स्थिरता पनि कायम हुने बताए।
यसले परिणाम राम्रो निस्किने विश्वास व्यक्त गरे। नेतृत्व परिवर्तन हुनेकुरामा पनि स्पष्ट रहेको र सरकारको नेतृत्व परिवर्तनले पनि आयोगलाई कुनै समस्या नहुने बताए।
