भीमफेदी कारागारमा कैदीको मृत्यु

काठमाडौं। मकवानपुरको भीमफेदी कारागारमा शनिवार बिहान एक कैदीको मृत्यु भएको छ। चितवनका ४३ वर्षीय विष्णुप्रसाद दुलालको बिहान ५:४० बजे श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका क्रममा मृत्यु भएको कारागार प्रमुख सुवास पौडेलले बताए।
दुलाललाई प्राथमिक उपचारपछि सामान्य सुधार भएको थियो। तर, ५:५० बजे नुहाउन बाथरूम गएका उनको एक मिनेटमै अवस्था गम्भीर भयो। बाथरूममै लडेका दुलाललाई अचेत अवस्थामा हेटौंडा अस्पताल पुर्याइएको थियो।
त्यहाँ ६:५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरे। मृत्युको कारण पोष्टमार्टमपछि मात्र खुल्ने पौडेलले बताए। जर्वजस्तीकरणी मुद्दामा चितवन जिल्ला अदालतबाट १० वर्ष कैद सजाय पाएका दुलाल १३ साउन २०७९ देखि भीमफेदी कारागारमा थिए। ५०० भन्दा बढी कैदीबन्दी रहेको कारागारमा हिजो बेलुका स्वास्थ्य जाँचमा सबै ठिक देखिएको थियो।
