नख्खुको ‘सीआरसी’ ब्लकमा रवि लामिछाने
काठमाडौं। भैरहवा कारागारबाट अड्डासार गरिएका रास्वपा सभापति रवि लामिछानेलाई ललितपुरको नख्खु कारागारस्थित ‘सीआरसी’ ब्लकमा राखिएको छ। विगतमा यही ब्लकमा रौतहट विस्फोटका आरोपी अफताब आलमलाई राखिएको थियो। उनी उच्च अदालतले सफाइ दिएपछि थुनाबाहिर छन्।
कारागार स्रोतका अनुसार रविलाई राखिएको ब्लकमा करिब ४ सय कैदीबन्दी छन्। उनलाई त्यो ब्लकको एउटा छुट्टै कोठामा राख्ने तयारी गरिएको कारागार स्रोथले बताएको छ।
आन्तरिक प्रशासन कारागारको कैदीबन्दीले नै चलाउने गर्छन्। नख्खु कारागारका एक अधिकारीका अरु कैदीबन्दीलाई झैं रविले पनि सुविधा पाउनेछन् । संरचनाका हिसाबले पनि भैरहवा भन्दा यहाँ सहज र सुरक्षित रहेको छ।
लामिछानेले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए।
अदालतले जेठ १६ गते अनुमति दिएको थियो। तर,उनको अड्डासार भने हुन सकेको थिए। पछि फेरि गृह प्रशासनले उनलाई नख्खु कारागार सरुवा गर्ने निर्णय गरेको थियो। त्यसपछि आजै उनलाई भैरहवाबाट काठमाडौं ल्याइएको थियो। ललितपुरको नख्खु कारागारमा उनलाई पुर्याउँदा समर्थकको भीड लागेको थियो।
