विद्युत् प्राधिकरणको नाफा करिब साढे एक अर्बले घट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको नाफा करिब साढे एक अर्ब घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ४६ करोड रुपैयाँ नाफा घटेको हो।

प्राधिकरणले गत आर्थिक वर्ष २०८१/८२ मा ९ अर्ब ७ करोड बराबर नाफा कमाएको छ। आ.व. २०८१/८२ मा प्राधिकरणको करअघिको नाफा ९ अर्ब ६ करोड ७० लाख रुपैयाँ रहेको छ। जुन आ.व.२०८०/८१ को तुलनामा ३७.३२५ ले कम रहेको प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

आघिल्लो आव २०८०/८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो। आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणयता निरन्तर नाफामा रहेको छ।