मर्स्याङ्दी नदी किनारमा एक पुरुषको शव फेला

सांकेतिक तस्बिर

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारस्थित मस्र्याङ्दी नदी किनारमा आज बिहान एक शव फेला परेको छ ।

नाम, थर र वतन नखुलेको अन्दाजी ३०÷३५ वर्षीय पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले घटनाको अनुसन्धान भइरहेको र मृतकको सनाखत गर्ने प्रयास गरिएको जानकारी दिए ।