रौतहटमा सुटकेशभित्र महिलाको शव फेला
रौतहट। रौतहटको गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा गेट नजिक शनिबार राति एक शंकास्पद सुटकेशबाट महिलाको शव फेला परेको छ।
सडक किनारमा डोरीले कडाइका साथ बाँधिएको अवस्थामा देखिएको सुटकेश खोलेपछि भित्र महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
शव कसको हो भन्ने खुल्न बाँकी रहेको र परिचय खुलेपछि मात्रै घटनाको वास्तविकता पत्ता लाग्ने प्रहरीले जनाएको छ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली रातिदेखि नै घटनास्थलमा परिचालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक एसपी नेत्रमणि गिरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान तीव्र पारिएको छ।
प्रहरीले शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाएको छ भने घटनाको प्रकृति हेर्दा हत्या भएको अनुमान गरिएको छ। यसबारे थप विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
