सुनको मूल्य बढ्यो,तोलामा कति ?
काठमाडौं। सुनको भाउ तोलको २ लाख नजिक पुगेको छ। आइतबार नेपाली बजारमा सुनको भाउ २ हजार ३०० रुपैयाँले बढेसँगै २ लाख नजिक पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी तोलामा ४० रुपैयाँले बढेको हो। आइतबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।
