प्राध्यापकलाई जोगाउन त्रिविमा प्रहरी पठाउनुपर्‍यो: गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालयमा प्राध्यापकहरूको सुरक्षाका लागि प्रहरी पठाउनु परेको बताएका छन्।

आइतवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले त्रिभुवन विश्वविद्यालयमा देखिएको द्वन्द्वमा गृह मन्त्रालय नै प्रवेश गर्नुपरेको बताएका हुन्। उनले प्राध्यापकहरूको सुरक्षाका लागि पिएसओ खटाएको जानकारी दिए।

गृह मन्त्रालयले खटाएको पिएसओ फिर्ता गर्ने वातावरण बनाउन पनि उनले आग्रह गरे। त्रिभुवन विश्वविद्यालयमा विभिन्न दलका भ्रातृसंस्थाले बन्द गर्ने, प्राध्यापकमाथि हातपात गर्ने, तोडफोड गर्ने जस्ता क्रियाकलाप गर्दै आएका छन्।

गृहमन्त्री लेखकले भने,त्रिभुवन विश्वविद्यालयको द्वन्द्वमा गृह मन्त्रालय प्रवेश गर्नुपरेको छ। सरहरूको सुरक्षाका लागि मैले पिएसओ पठाउनुपरेको छु। मेरो हार्दिक अपिल छ,त्यो पिएसओ मैले फिर्ता गर्ने अवसर पाऊँ।उनले सरकार द्वन्द्व न्यूनीकरणका लागि विश्वविद्यालयसँग मिलेर काम गर्न तयार रहेको बताए।