पार्टीभत्र गुट-उपगुट नरोकिए कारबाही गर्ने माओवादीको निर्णय

काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले पार्टीभित्र स्वार्थसमूह नरोकिए अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ।

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पार्टीभित्र देखिएको स्वार्थ समूह रोक्ने र नरोकिए अनुशासनको कारबाही गर्ने निर्णय भएको बताए।

उनका अनुसार बैठकले पार्टीको मध्यपहाडी लोकमार्ग अभियानको विषयमा पनि छलफल गरेको छ। उनले सरकारले सामाजिक सञ्जाल बन्द गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रता कुण्ठित खोजेको टिप्पणी पनि गरे।

सामाजिक सञ्जाल नियन्त्रण गर्नुपर्नेमा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको देखिएको उनको भनाइ छ।

सापकोटाले भने,गुट उपगुट तथा स्वार्थ समूह भंग गर्ने निर्णय भएको छ। त्यस्तो नरोकिए अनुशासनको दायरामा ल्याउने भन्ने विषयमा छलफल भयो। सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयबारे अध्ययन गरेर पार्टीको धारणा सार्वजनिक गरिने उनको भनाइ छ।