आज मिति २०८२ साल भदौ २० गते शुक्रबार लक्ष्मी माताको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- मनमा चिन्ता बढ्ने योग छ । धनमाल हराउने सम्भावना छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा हुनेछ। सामान्य रोगले सताउन सक्छ । अस्वाभाविक प्रलोभनमा परे अप्ठ्यारो आउन सक्छ, जसले स्वतन्त्रतामा बाधा पुर्‍याउन सक्छ । नसोचेको ठाउँमा खर्च हुनेछ । अन्न सम्बन्धी काममा लाभ मिल्ने दिन हुनेछ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- भाग्यले साथ नदिने र खर्च बढ्ने देखिन्छ । लेनदेनमा विवाद बढ्न सक्छ, त्यसैले संयमित भएर काम गर्नुहोस् । उत्साहजनक समाचारले भने हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । लगानी, दौडधुप र श्रमको उचित मूल्य नपाउने समय छ । तर आफन्तसँगको भेटघाटले सुख मिल्नेछ र आर्थिक क्षेत्रमा क्रमिक उन्नति हुनेछ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- व्यापारमा सफलता मिल्नेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक सुविधा जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्त हुने योग छ । आश मारेको काम बन्नेछ र सानो प्रयत्नले ठूलो उपलब्धि हासिल गर्न सकिनेछ । पैसाको योग भएपनि व्यर्थ खर्चले मन खिन्न तुल्याउन सक्छ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- अधुरा कामहरू बन्नेछन् । नोकरी र राजनीतिमा सफल हुने सम्भावना छ । प्रशस्त फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग मिल्नेछ । धार्मिक अनुष्ठान तथा मंगलमय कार्य सम्पन्न हुनेछ । व्यवसायमा लाभ हुनेछ । मनोरञ्जनात्मक तरिकाबाट काम बन्नेछ । प्रियजनसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- परिश्रम प्रति रुचि बढ्नेछ र आर्थिक क्षेत्रमा राम्रो प्रगति हुनेछ । तर आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, त्यसैले गोपनीयतामा सचेत रहनुहोस् । निश्चित भएको काम अचानक बिग्रन सक्छ । साथी भाइबाट धोका हुन सक्छ । वादविवादको सामना गर्नुपर्ला । तर नयाँ कामका योजनाहरू बन्ने सम्भावना छ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो- व्यापारमा सफलता पाउनु हुनेछ । यात्रामा रमाउने अवसर मिल्नेछ र भेटघाटमा सहयोग पाउने योग छ । नयाँ कामको सुरुवात खासै राम्रो छैन, कार्यमा हैरानी बढ्न सक्छ । तर कीर्तिमानी काम सम्पादन हुने सम्भावना छ । विभिन्न अवसर पाइनेछन् । जागिरमा डर हुने देखिन्छ। आगो वा मेसिनरी सामान प्रयोग गर्दा सावधानी अपनाउनुहोस्।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- दिन मनोरञ्जनपूर्ण रहनेछ । व्यापार र रोजगारीमा लाभ मिल्नेछ । सानातिना समस्या आइरहे पनि रमाइलो वातावरण रहनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । धन आर्जनमा राम्रो दिन हुनेछ । मान सम्मान मिल्ने भएपनि मनमा सानो डर रहनेछ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु– अप्रत्याशित लाभ हुने दिन छ । नयाँ कामका अवसर र स्रोत भेट्टाउन सकिनेछ । नयाँ ज्ञान सिक्ने मौका हुनेछ । पढाइमा प्रगति हुनेछ । एउटै कामबाट दोहोरो लाभ पाउने सम्भावना छ । विशेष योजनाहरू बन्नेछन् । तर आज केही हानि पनि हुन सक्छ, त्यसैले सावधान रहनुहोस् । दिन मनोरञ्जनपूर्ण रहनेछ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- अनावश्यक झमेलामा परिने सम्भावना छ । खानपानमा सावधानी अपनाउनुहोस् । पीडा दिनेहरू सक्रिय हुन सक्छन्, त्यसैले सतर्क रहनुहोस् । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोस् । अहिले गरिराखेको कामलाई निरन्तरता दिनु उपयुक्त हुनेछ । बचत हुने राम्रो सम्भावना छ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- रमाइलो तरिकाले कामहरू गर्न सकिनेछ । पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ । लगनशीलताले राम्रो उपलब्धि दिलाउनेछ । आफ्नी प्रतिभा देखाएर अवसर प्राप्त गर्न सकिनेछ । भूमि, वाहन वा पैत्रिक सम्पत्तिको सदुपयोगबाट फाइदा हुनेछ । तर पीडा दिनेहरू सक्रिय हुने भएकाले सावधानी आवश्यक छ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- सोचेभन्दा बढी लाभ प्राप्त हुनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा रुचि बढ्नेछ । मेहनतले प्रतिस्पर्धामा जित दिलाउन सक्छ । भौतिक सुविधा जुट्नेछन् । व्यापारमा फाइदा हुनेछ । काममा आमाबाबुको सहयोग प्राप्त हुनेछ । राम्रो आम्दानीका कारण सुख अनुभव हुनेछ । पैसाको योग बलियो छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- लामो यात्राको योग छ । धनमाल कमाउने दिन हुनेछ । व्यवसायिक यात्रा सम्भावना छ । दाम्पत्य जीवन सुखद रहनेछ । अरूलाई प्रभावित पारेर काम अघि बढाउन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त हुनेछ । अचानक कमाइ हुने सम्भावना छ । काममा उत्साहपूर्वक लाग्ने दिन हुनेछ ।