प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदूतको भेट
काठमाडौं। नेपालका लागि अमेरिकी राजदूत डिन आर। थम्सन र नेपालका लागि चिनियाँ राजदूत छन सोङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।
बिहीवार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दुवै देशका राजदूतसँग प्रधानमन्त्री कार्कीले शिष्टाचार भेटवार्ता गरेकी हुन्। जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारकी प्रधानमन्त्री कार्कीसँग विभिन्न देशका राजदूतहरूले भेट गर्ने क्रम जारी छ।
यसअघि पनि भारतीय राजदूत नवीन श्रीवास्तव लगायतले प्रधानमन्त्री कार्कीसँग भेट गरेका थिए। बिहीवार नै प्रधानमन्त्री कार्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेकी छिन्।
उक्त क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपालको विकासका लागि भारत सधैँ सहयोग गर्ने बताए।
वनियुक्त प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदूतहरूले नेपालको बृहत्तर हितमा आफ्नो देशले सहयोग गर्ने प्रतिबद्धता जनाए। साथै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्।
