सैनिक ब्यारेकबाट फर्किए ओली, भाडाको घरमा बस्ने

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट फर्किएका छन्। जेनजी प्रदर्शनका क्रममा उनलाई नेपाली सेनाले सुरक्षाका निम्ति नियन्त्रणमा लिएको थियो।

प्रधानमन्त्री पदबाट राजीनामा दिएर गत २४ भदौदेखि सैनिक ब्यारेकमा बस्दै आएका ओली बाहिर आएका हुन्। ओली भक्तपुरको गुण्डु सरेका छन्। त्यहाँ उनका निम्ति भाडाको घर लिइएको छ। बालकोटस्थित ओलीको घर भने प्रदर्शनकारीले जलाएका छन्। बालकोटको घर जलेकाले ओली गुण्डु सरेका हुन्।