सुनचाँदीकै मूल्यमा ‘रेकड ब्रेक’, कति पुग्यो
काठमाडौं। आज (सोमबार)सुनचाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। गएको शुक्रबारदेखि लगातार बढिरहेको सुन आज प्रतितोला ७ सय बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको हो।
हिजो दुई लाख १७ हजार एकसय रुपैयाँ कारोबार भएको सुन आज प्रतितोला दुई लाख १७ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ३० रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ६ सय ५० रुपैयाँमा पुगेको महासंघले जनाएको छ । सुनचाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।
