विदेश भ्रमणमा कडाइ, सरकार प्रमुखसँग १० जना मात्रै जान पाउने
काठमाडौं । सुशीला कार्की केतृत्वको अन्तरिम सरकारले विदेश भ्रमणमा कडाइ गरेको छ। ५ असोजमा बसेको मन्त्रिपरिषद बैठकले अनावश्यक विदेश भ्रमण रोक्ने र भ्रमण टोलीको अत्यधिक संख्या सीमा पनि तोक्ने निर्णय गरेको हो।
अर्थ मन्त्रालयले विज्ञप्ति जारी गर्दै सरकारले चालु खर्च घटाउन अनावश्यक भ्रमणमा रोक लगाउने निर्णय गरेको जानकारी दिएको छ।
नेपाल सरकार,प्रदेश सरकार स्थानीय तह संस्थान,प्रतिष्ठान र नियामक निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाउने नेपाल सरकारको प्रतिनिधित्व सम्बन्धित नियोगबाट हुनसक्ने अवस्था भएमा सम्बन्धित नियोगलाई नै अख्तियारी दिने,विज्ञप्तिमा भनिएको छ।
त्यस्तै सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र नेपाल सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना मात्र सदस्य हुने सीमा तोकिएको छ।
यसैगरी सरकारले संघ र प्रदेश सरकारका मन्त्री लगायत राजनीतिक पदाधिकारीका स्वकीय सचिवालयका लागि मन्त्रालयमा अलग्गै कार्यकक्ष उपलब्ध नगराउने भएको छ। साथै स्वकीय सचिवालयका कर्मचारीका लागि सवारी साधन,वैदेशिक भ्रमण र अन्य भौतिक सुविधा पनि नदिने निर्णय सरकारले गरेको छ।
