माओवादीको केन्द्रीय समिति बैठकमा प्रवेश शुल्क १ हजार

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । दुई दिनसम्म चल्ने बैठक बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा सुरु हुन लागेको हो ।

बैठकमा सहभागीहरुलाई प्रवेश शुल्कको रुपमा एक हजार रुपैयाँ तोकिएको छ । हल भाडा, खाजा, पानी लगायतको व्यवस्थापनका लागि सहभागीहरुबाट रकम संकलन गरिने केन्द्रीय कार्यालय सचिव गणेशमान पुन रश्मीले जानकारी दिए ।

आजको बैठकमा विकसित राजनीतिक परिस्थितिबारे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयीक राजनीतिक प्रस्तावबारे छलफल गरी निर्णय लिने माओवादी केन्द्रले जनाएको छ । त्यसपछि आगामी महाधिवेशनको मिति र स्थान तय गरिने नेताहरुले बताएका छन् ।