आज असोज १५ गते बुधबार, यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- स्वास्थ्यमा समस्या आउन सक्छ । साथै उपचारका लागि खर्च गर्नुपर्नेछ । गरेका काम तुरुन्तै नबन्ने वा बनेपनि अपेक्षित परिणाम नआउने देखिन्छ । विभिन्न कार्यमा बाधा पुग्नाका साथै आर्थिक हानी हुने योग छ । रोगका कारण धनको पनि क्षति हुन सक्छ ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- जाँगरमा सुधार आउनेछ । आफन्तहरूको सहयोगले रोकिएका काम बन्न थाल्नेछन् । परेका समस्याहरूको समाधान हुनेछ । अन्न तथा धनको लाभ हुनेछ । आर्थिक पक्ष सबल हुनेछ । साथीभाइसँगको भेटले मन रमाउनेछ । प्रशस्त पैसाको कारोबार हुनेछ ।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- उद्योग वा कलकारखानामा लगानी गर्दा फाइदा हुनेछ । यात्राको सम्भावना छ । समस्याहरू आफैं किनारा लाग्नेछन् । धैर्य बढाउन सके धेरै राम्रो समय हुनेछ। परिश्रम व्यर्थ जाँदैन । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी र परिवारबाट सुख शान्ति मिल्नेछ । कृषि कर्म र व्यवसायिक क्षेत्रमा भने केही चुनौती आउन सक्छ । अनौठो तर लाभदायक यात्राको योग छ । तर सामान बिग्रन सक्ने वा परिवारमा हल्का विवाद उत्पन्न हुन सक्ने सम्भावना छ ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- सोचेजस्तो काम नबन्ने र लगानी गरेको पैसा फिर्ता नआउने देखिन्छ । परिवारबाट अपेक्षित सहयोग नपाउँदा व्यवहारिक काममा कठिनाइ हुनेछ । बढी खर्चले मन अशान्त रहनेछ । सामान्य रोगले पनि सताउन सक्छ ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- समय अलमलमा बित्ने देखिन्छ । काममा मन नलाग्न सक्छ । तथापि, आटेका काम पूरा हुनेछन् र समस्याको समाधान हुनेछ । परिवारबाट सुख प्राप्त हुनेछ । प्रेम प्रसंगमा सुधार भएपनि मानसिक तनाव रहन सक्छ ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते –पारिवारिक सुख प्राप्त हुनेछ । आत्मबल बढ्नेछ । व्यापारमा अपेक्षित फाइदा हुनेछ । अर्थ लाभको योग छ । व्यापार व्यवसायमा फाइदा हुनेछ । रोग र शत्रु पन्छाउने राम्रो समय हो । अध्ययनमा भने खासै प्रगति नदेखिन सक्छ ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- सवारी साधन वा चौपाया प्राप्त हुने योग छ । नयाँ सामान किन्ने सम्भावना छ । आकस्मिक रूपमा सफलता वा असफलता दुवै भोग्नुपर्ने समय छ । रुपैँया पैसाको कारोबार हुनेछ । गरेका काम सफल हुनेछन् भने अधुरा काम पनि बन्नेछन् । तर अनावश्यक खर्च बढ्नेछ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- अनावश्यक डर र वादविवाद हुने सम्भावना छ । स्वास्थ्यमा समस्या आउन सक्छ । गरेका काम अधुरै रहनेछन् । कसैसँग सामान्य विवाद हुन सक्छ । झगडाको सम्भावना छ । मनमा डरले डेरा जमाउन सक्छ, त्यसैले सावधानी अपनाउन आवश्यक छ ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- घर परिवारमा खटपट आउन सक्छ । व्यवहारिक समस्याले सताउनेछ । काम अधुरै रहन सक्छन् । घर परिवारबाट पर्याप्त सहयोग नपाइने सम्भावना छ । केही व्यक्तिले सम्मान गर्नेछन् भने केहीले अनावश्यक डर देखाउने मिश्रित समय रहनेछ ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुनेछ । दिन रमाइलोका साथ बित्नेछ । रोकिएका काम पूरा हुनेछन् । व्यवहारिक समस्याहरू समाधान हुनेछन् । सामान्यतया दिन अनुकूल छ । नयाँ काम सुरु गर्ने उपयुक्त समय हो । धार्मिक र सामाजिक काममा सहभागी भई मन प्रशन्न हुनेछ ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने सम्भावना छ । दान पुण्य प्रतिको आकर्षण बढ्नेछ । सामाजिक कार्यमा संलग्न हुनुपर्ने समय छ । अनपेक्षित स्थान वा व्यक्तिबाट आर्थिक लाभ हुने योग छ । साथीभाइसँगको छलफल वा कुराकानीले धन लाभको बाटो पत्ता लाग्नेछ ।
