यस्तो छ आन्तरिक उडानको हवाई भाडादर-सूचीसहित

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको हवाई भाडादर सार्वजनिक गरेको छ। दशैं, तिहार तथा छठको समयमा हवाई टिकटको अत्यधिक माग रहेको र सहज उपलब्ध नरहेको अवस्थालाई न्यूनीकरण गर्न भन्दै प्राधिकरणले देशभित्रका विभिन्न गन्तव्यमा दशैंको टीकाको दिन अर्थात् असोज १६ गते अधिकतम भाडादर सार्वजनिक गरेको हो।
नेपाल सरकारबाट स्वीकृत तोकिएको अधिकतम भाडादरभन्दा बढी रकम यात्रुहरुबाट नलिन पनि प्राधिकरणले वायु सेवा कम्पनी र सरोकारवालाई निर्देशन दिएको जनाएको छ । साथै प्राधिकरणले तोकिएको भन्दा बढी भाडा लिएमा कारबाही गर्ने चेतावनी दिएको छ।
प्राधिकरणले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा धेरै भाडा काठमाडौं–धनगढीको १७ हजार ५७९ रहेको छ भने सबैभन्दा कम भाडा काठमाडौं–सिमराको ३ हजार ९७८ रहेको छ ।
सार्वजनिक अधिकतम हवाई भाडादर:
१-काठमाडौं–विराटनगर: ९ हजार ७८५ रुपैयाँ ।
२-काठमाडौं–भरतपुर: ४ हजार ६४३ रुपैयाँ ।
३-काठमाडौं–भद्रपुर: १२ हजार ११२ रुपैयाँ ।
४-काठमाडौं–जनकपुरमा: ५ हजार ४७० रुपैयाँ ।
५-काठमाडौं–पोखरा: ६ हजार ६३५ रुपैयाँ ।
६-काठमाडौं–नेपालगञ्ज: १३ हजार १०३ रुपैयाँ ।
७-काठमाडौं–धनगढी: १७ हजार ५७९ रुपैयाँ ।
८-काठमाडौं–सिमरा: ३ हजार ९७८ रुपैयाँ ।
९- काठमाडौं–भैरहवा: ८ हजार ४६१ रुपैयाँ ।
१०- काठमाडौं–राजविराज: ८ हजार २१० रुपैयाँ ।
११- काठमाडौं–सुर्खेत: ९ हजार ३० रुपैयाँ ।
१२- काठमाडौं–तुम्लिङटार: ७ हजार ६३० रुपैयाँ।
