अक्टोबर ९ मा कुनै आन्दोलन छैन: जेन–जी मुभमेन्ट
काठमाडौं। जेन–जी मुभमेन्ट अलायन्सले अक्टोबर ९ (असोज २३) मा आयोजना हुने भनिएको विरोध प्रदर्शनमा संलग्नता नरहेको स्पष्ट पारेको छ। जेन–जी मुभ्मेन्ट भदौ २३ गतेको आन्दोलन आह्वान कर्तामध्येको एक हो।
पछिल्लो समय केही व्यक्ति र समूहले अक्टोबर ९ मा जेनजी आन्दोलनको दोस्रो कार्यक्रम गर्ने भनेर सामाजिक संजालमा प्रचार गरिरहेका बेला अलायन्सले त्यसमा असहमति जनाएको हो। उसले वक्तव्य जारी गर्दै हिंसा, अराजकता र गैर लोकतान्त्रिक गतिविधिसँग जोडेर संस्थालाई बदनाम गर्ने प्रयास अस्वीकार्य रहेको जनाएको छ।
वक्तव्यमा आफ्ना समर्थक, शुभचिन्तक र सबै नेपालीलाई कुनै पनि भड्काउने गतिविधिमा सहभागी नहुन आह्वान समेत गरेको छ। अलायन्सले हिंसा,डर,त्रास र अराजकताले कहिल्यै पनि समास्याको समाधान गर्ने बाटो नदेखाउने भन्दै नागरिकबीच अविश्वास फैलाउने र समाजका भयको वातारण सिर्जना गर्ने कार्यको निन्दा गर्ने जनाएको छ।
