आज असोज १८ गते शनिबार, यस्तो छ तपाईको राशिफल
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोस् । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धामा केही कमजोरी देखिन सक्छ । आफन्तबाट टाढिनुपर्ने समय छ । वैदेशिक क्षेत्रमा सामान्य लाभ प्राप्त हुनेछ। धन आर्जनका लागि राम्रो दिन छ।
वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । समय लागेपनि काम सम्पन्न हुनेछन् । परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। आय–आर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि फाइदा हुनेछ । आम्दानी बढ्ने भएकाले परिवारजनका आवश्यकताहरू पूरा हुनेछन्।
मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह- कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । विवेकपूर्ण निर्णय लिनुहोस् । विचारलाई तौलिँदै व्यक्त गर्नु बुद्धिमानी हुनेछ । काममा स्थानान्तरणको सम्भावना छ । लामो यात्राको सम्भावना छ । लाभदायी काम सुरु गर्ने समय छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ । अचानक कमाइको सम्भावना छ।
कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- नयाँ काम पाइनेछ । स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोस् । आलस्यले अवसर गुम्न सक्छ। आर्थिक कारोबार आवश्यक नभएको अवस्थामा नगर्नु ठीक हुनेछ। नोकरीमा पदोन्नति वा स्थानान्तरणको सम्भावना छ । नसोचेको ठाउँमा खर्च हुन सक्छ।
सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । अरूको भरमा काम रोकिन सक्छ । हिम्मत नगरेको कारण योजना कार्यान्वयन नहुन सक्छ । तत्काल ठूलो फाइदा नउठेपनि भविष्यका लागि महत्वपूर्ण काममा जग बसाउने अवसर प्राप्त हुनेछ । बाध्यताले अप्ठ्यारो पार्न सक्छ । आफन्तसँग मिलनले सुख प्रदान गर्नेछ।
कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- कृषि, पशुधन र अचल सम्पत्तिबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको मूल्याङ्कन राम्रो हुनेछ । भौतिक साधन जुट्दा प्रसन्नता मिल्नेछ । पैसाको कमाइका लागि योग छ।
तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते- खर्च बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । आफ्नै कमजोरीले विवादमा पर्न सक्ने सम्भावना छ । आटेको काममा सफलता प्राप्त हुनेछ। अरूबाट आलोचना, काममा बाधा वा धनमाल हराउने सम्भावना पनि छ । मनोरञ्जनात्मक तरिकाबाट काम पूरा हुनेछ।
वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- स्वादिष्ट भोजनमा मन रमाउनेछ । अध्ययनमा मन नलागेपनि आत्मविश्वास बढ्नेछ । रोकिएका काम बिस्तारै सम्पन्न हुनेछन् । समयमा काम पूरा नगरे अवसर गुम्न सक्छ । जिम्मेवारी बढि रहनेछ । सहयोगको आशा देखाउनेबाटै धोका पाउने सम्भावना छ । वादविवादको सामना गर्नुपर्नेछ।
धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ । नयाँ कामको प्रस्ताव आएपनि हिम्मत नगरे केही पछि पर्न सक्छ। व्यवसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा समय लाग्नेछ । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । जागिरको काममा डर महसुस हुनेछ।
मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु र प्रतिस्पर्धीलाई सजिलै पराजित गर्न सकिनेछ । नयाँ प्रेमका अवसर र प्रेम विवाहको सम्भावना छ । पेटमा गडबडीको कारण खानपानमा ध्यान दिनुहोस् । रमाइलो दिन हुनेछ।
कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । कृषि चौपायामा केही समस्या देखिए पनि पर्याप्त धन आर्जनको मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । कला, साहित्य, मनोरञ्जनमा रुचि बढ्नेछ। अप्रत्याशित लाभ सम्भव छ । केही हानि हुन सक्ने भएकाले सावधान रहनुहोस्।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि- बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ । धैर्यपूर्वक निरन्तर प्रयासले काममा फाइदा हुनेछ । पारिवारिक जमघटमा मन रमाउनेछ । व्यापार व्यवसायमा विशेष फाइदा मिल्नेछ । रुचिका विषयमा लगानी बढाउन सकिनेछ । विभिन्न अवसरले पछ्याउने छन् । अनावश्यक झमेलामा पर्न सकिन्छ।
