महिला क्रिकेट: नेपाल र मलेसियाबीचको दोस्रो खेल आज

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले मलेसियाविरुद्धको दोस्रो टी-२० सिरिजको दोस्रो खेल आज हुँदैछ।

नेपालले मलेसियासँगको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको थियो । आज हुने दोस्रो खेल ७:४५ बजेदेखि शुरु हुदैछ। नेपाल र मलेसियाबीच तेस्रो खेल ५ अक्टोबर, चौथो खेल ७ अक्टोबर र पाँचौं खेल ८ अक्टोबरमा हुने तालिका रहेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली मलेसियामा रहेको छ । जसमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन् ।