सुनको मुल्य अहिलेसम्मकै उच्च,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ हजार ४ सयले बढेर तोलाको २ लाख ३० हजार ६ सयमा कारोबार भइरहेको छ।

यस अघि असोज १२ गते सुन तोलाको २ लाख २३ हजार २ सयमा कारोबार भएको थियो। यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १२० रुपैयाँले बढेर २९३० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि असोज १२ गते चाँदी तोलाको २८१० मा कारोबार भएको थियो।