गुण्डा नाइके सानुभाइ फेरि पक्राउ
काठमाडौं । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाई फेरि पक्राउ परेका छन् । आइतबार उनलाई टोखाबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।
नुवाकोटको ककनी गाउँपालिका-५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाई यसअघि साउन १२ मा पक्राउ परेका थिए। त्यसबेला ठमेलको नर्सिङ चोकस्थित नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
सानुभाई कुमार श्रेष्ठ ‘घैंटे’का सहयोगी हुन् । कुमार ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए। ‘घैंटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेका सानुभाइ अहिले सातौं पटक पक्राउ परेका हुन्। अहिले समिरमान सिंह बस्नेतनिकट मानिने सानुभाईलाई यसपटक पक्राउ गर्नुको कारण प्रहरीले भने प्रहरी खुलाएको छैन।
