माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको उनको भनाइ छ । असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

यसैगरी बैठकले प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाएको थियो । सोही बैठकले पूर्वपदाधिकारीलाई सचिवालयमा रूपान्तरण गरेको थियो।