आमाको हत्या आरोपमा छोरा पक्राउ
धादिङ । धादिङमा आफ्नी आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीमा ५५ वर्षीया राममाया कँडेलको हत्या भएको हो।
राममायाको हत्या आरोपमा प्रहरीले उनकै छोरा ३० वर्षीय यमबहादुर कँडेललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी भेषराज रिजालका अनुसार यमबहादुरले धारिलो हतियार प्रहार गरी आमा राममायाको हत्या गरेको आरोप छ।
हत्या गरेको खबरपछि जिल्लाबाट डिएसपी प्रकाश दाहालको टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले यमबहादुरलाई हतियारसहित पक्राउ गरेको छ।

