नेपालले आज मलेसियासँग चौथो खेल खेल्दै

काठमाडौं। नेपाली महिला क्रिकेट टिमले मलेसियाविरुद्धको सिरिजको चौथो खेल आज खेल्दै छ। आज हुने तेस्रो खेल ७: ४५ बजेदेखि शुरु भएको छ।

जारी सिरिजमा नेपाल र मलेसियाले यसअघि खेलेका खेलमा नेपालले एक र मलेसियाले दुई खेल जितेर सिरिज २-१ रहेको छ ।

नेपाल र मलेसियाबीच आजको खेलपछि पाँचौं खेल ८ अक्टोबरमा हुने तालिका रहेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली मलेसियामा रहेको छ ।

जसमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्।