‘जेनजी मुभमेन्ट अलायन्स’द्वारा अख्तियार प्रमुखको राजीनामा माग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहितका सबै आयुक्तको राजीनामा माग गरिएको छ ।

‘जेन–जी मुभमेन्ट अलायन्स’ले राईसहित सबै आयुक्तलाई तत्काल राजीनामा दिन भन्दै दबाबमूलक पत्र बुझाएको छ । उनीहरूले राईको निष्पक्षतामाथि समेत प्रश्न उठाएका छन् ।

अख्तियारमा दलका मान्छे नियुक्त गरिएको र भ्रष्टाचारको निष्पक्ष छानबिन हुनेमा शंका भएको भन्दै नयाँ निष्पक्ष मान्छे ल्याउनुपर्ने उनीहरूले माग गरेका छन् । आयोग कार्यालय परिसरमा मंगलबार बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सुरक्षा चुनौती भएका ठाउँमा विशेष सुरक्षा व्यवस्था गर्न प्रधानमन्त्रीले दिएको निर्देशनबमोजिम आज बिहानैबाट त्यहाँ प्रहरीको कमाण्डो टोली परिचालन गरिएको हो।