बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कबारोबार ?

काठमाडौं। बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले प्रतिऔंस ४ हजार डलर नाघेको छ। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २५ डलर पुगेको छ। विश्वभर सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाइरहेको छ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ। अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँ रहेको चाँदी आज २९५५ रुपैयाँमा कायम भएको छ।