साइबर ब्युरोले लियो एमाले नेता महेश बस्नेतको बयान

काठमाडौं । साइबर अपराधको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन्। बुधवार बिहान उनी साइबर ब्युरो पुगेका हुन्। उनीसँग बयान लिइएको ब्युरोले जनाएको छ।

बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन्। तर अनुसन्धान अघि नबढेपछि केही दिन अघि सरकारी वकिल कार्यालयले अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो।

सो निर्देशन अनुसार ब्युरोले बस्नेतलाई बोलाएको थियो। त्यसैले उनी बयानका लागि बुधवार बिहान ब्युरो पुगेका हुन्। उनको बयानको काम भइरहेको स्रोतले जनायो।