वर्तमान संविधानले काम गर्दैन, परिमार्जन गरौं: संयोजक प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधानले अहिलेकै रूपमा काम नगर्ने भन्दै संशोधनस र परिमार्जन गर्ने प्रस्ताव गरेका छन् ।
शुक्रवार राजधानीमा सम्पादकहरूसँगको छलफलका क्रममा उनले यसका लागि राष्ट्रिय सहमति आवश्यक भएको जिकिर गरे । उनले भने, ‘यो संविधानले अहिलेकै रूपमा काम गर्दैन, संशोधनरपरिमार्जन गरौँ। जसका लागि राष्ट्रिय सहमति चाहिन्छ ।
साथै, उनले राष्ट्रिय स्वाधीनताको विषयमा यसभन्दा अघि कहिल्यै यति ठूलो हस्तक्षेप नरहेको पनि बताए । उनले भने, ‘राष्ट्रिय स्वाधीनतामा यति ठूलो हस्तक्षेप, स्वाधीनताको विषय पहिले थिएन । राष्ट्रिय स्वाधीनतामा यति ठूलो चुनौती पहिले कमै थियो ।
उनले राजनीतिक संकट पनि कायमै रहेको बताए । जेनजी युवा आन्दोलनले संविधानको विषयलाई नितान्त नयाँ कोणबाट सोच्नुपर्ने ठाउँमा ल्याइदिएको पनि प्रचण्डले बताए । उनको दल माओवादी केन्द्रले संविधान संशोधन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्ने यसअघिबाटै बताउँदै आएको छ।
