तीन दलका प्रमुख नेताहरूलाई बिदा गरौँ: गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको तीन ठूला राजनीतिक दलका प्रमुख नेताहरूलाई अब बिदा गरेर नयाँ नेतृत्वको सुरुवात गर्नुपर्ने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमार्फत प्रकाशित भिडियो सन्देशमा उनले भने, “तीन दलका तीन प्रमुख नेतालाई बिदा गरौं, संवाद र सहकार्यको नयाँ वातावरण प्रारम्भ गरौं।
थापाले लगातार पार्टी महाधिवेशनको माग गर्दै आएका छन् र नेतृत्वमा पुस्तान्तरणको आवश्यकता दोहोर्याउँदै आएका छन् । उनले कांग्रेससँगै नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्तालाई पनि आफ्ना पुराना नेताहरूलाई सम्मानपूर्वक बिदा गरी नयाँ पुस्तालाई अवसर दिन आग्रह गरेका छन्।
