एआईजी मनोज केसी: विवादै विवादको भुमरीमा, यस्ता छन् उनका गतिविधि
काठमाडौ ।नेपाल प्रहरी केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)का प्रमुख डाक्टर मनोज केसीका पुराना तर विषेश हर्कतहरुका बारेमा अहिले चर्चा चलेको छ। नुवाकोट घर भै २०५४ सालमा नेपाल प्रहरीको सेवामा लागेका केसी २०६०/६१ तिर काठमाडौंको बौद्ध बृतको प्रमुख भए।
उनको बढुवा पछि २०७४/७५मा मोरङ जिल्ला प्रहरी प्रमुख पनि भए।उनलाई बौद्ध र मोरङमा प्रमुख रहँदा आर्थिक लाभ लिएको आरोप पनि लागेको थियो। तत्कालीन एसपी केसी दोस्रो कमाण्ड गर्दै रुपन्देही जिल्ला पुगेका थिए।
२०७६ सालको अन्तिम तिर रुपन्देहीको कमाण्ड सम्हालन पुगेका कसीले गएको दुई महिनामै त्यहाँका एक वडा अध्यक्षलाई दुर्ववहार गर्दै गालि गलौजमा उत्रिएको विषय नौलो भएन। तर आफुुले गरेको दुर्ववहारलाई ढाकछोप गर्दै दोष ईन्सपेक्टर कृष्ण घिमिरेलाई लगाएको कुरा भने अलि लज्जास्पद थियो। इमानदार प्रहरी ईन्पेक्टर घिमिरेले तस्करीको २७ लाखको सुपारी जफत गरेको,तस्करहरुलाई दिनदहाडै ढुङ्गा-रोडाहरु तस्करी गर्न दिनबाट रोकेको विषयमा तत्कालीन एसपी केसी रुष्ट थिए।
फलतः ईन्सपेक्टर घिमिरेलाई २७ दिनमै सरुवा गराईदिन सफल भए।ईन्सपेक्टर घिमिरेको सरुवापछी उनले रुपन्देही प्रहरीको कमाण्ड सम्हाली रहँदा तस्करीलाई लाईन दिँदै गाई गोरुको व्यापकरुपमा तस्करी गराएको समेत आरोप लागेको छ। केसीले तत्कालीन समयमा आफूले निर्देशन दिए अनुसार काम नगरेको भन्दै बुटवलका डिएसपी मदन कुँवरलाई पनि चार महिनामै सरुवा गराएका थिए।
केसीले रुपन्देहीको कमान्ड सम्हालेको सातौं महिनामा पार गर्दै गर्दा सुकुम्बासीहरुले आन्दोलन सुरु गरे।सुकुम्बासीको आन्दोलन चलिरहँदा सधै डिलमा व्यस्त हुने केसी फिल्डमा खटिएका आफ्नै फिल्ड कमान्डर असईलाई सुकुम्बासीहरुले अपहरण गर्दा समेत पतो पाएनन।
जब उनले फिल्ड कमाण्डर असई सुकुम्बासीहरुको अपहरणमा परेको सुँइको पाए तब लगत्तै अन्धाधुन्ध गोलि चलाउन आदेश दिए।अन्ततः चार जना निर्दोष नागरिकले ज्यान गुमाए।
तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा हुँदा केसीको सहोदर साडुदाई पुष्कर कार्कीको जोडबलमा आइजीपी शैलेश थापालाई प्रभावमा पारी कार्वाही हुनबाट जोगिए र सरुवा भए।
यसै गरि केसी तत्कालीन आइजिपी थापालाई थप प्रभावमा पार्दै र पुष्कर कार्कीको छत्रछाँयामा बढुवा हुँदै अपराध महाशाखा प्रमुख बन्न समेत सफल भए।
विगतमा अपमानित रुपमा सरुवा भएको प्रतिशोध भुटानी शरणार्थी केसको अनुसन्धान हुँदा प्रहरी परिसर टेकुबाट गएको टोलिको अघिअघि गई नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँडको ढोकामा लाताले हान्दै ढोका नै फुटाई दिएका थिए ।
सो विषयमा काङ्ग्रेस नेता बालकृष्ण खाँडलाई बुझ्दा स्पष्ट हुन्छ।यसैगरी हालका एआइजी केसीले तत्कालीन अपराध महाशाखा प्रमुख रहँदा चोरीको मोबाईल समेत प्रयोग गर्ने गरेका खुलासा भएको छ ।
स्राेतका अनुसार प्रहरी परिसर टेकुमा मोबाइल चोरी भएको भनी एक व्यक्तिले उजुरी हालेका थिए।लगत्तै टेकु प्रहरीले दुरसंञ्चारबाट विवरण लिएर खोजतलास गर्दा फोन प्रयोग मै रहेको पाइएको थियोे।
फोन प्रयोगमै रहेको पाइएपछि अनुसन्धान कर्ता सईले (सुरक्षाका कारण नाम खुलाउन नमिल्ने) अनुसन्धानको क्रममा फोन गर्दा मनोज केसीले उठाएका थिए।
सईले सोही समयमा हालका एआइजी केसीलाई यो चोरीको मोबाइल परेछ ,तपाईं तुरुन्तै प्रहरी परिसर टेकुमा फोन बुझाउन आउनुस भन्दा उल्टै तेरो जागिर खाईदिन्छु भन्दै धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए।
पछी अपराध महाशाखाकै एकजना डिएसपीले यो चोरीको फोन हो किन धम्की दिनुहन्छ रु भनेर सम्झाएपछी फोन फिर्ता गरेका थिए।एआइजी केसीको क्रियाकलाप यतिमा मात्रै सिमित रहेन।
उनले प्रहरी परिसर टेकुमा थुनिएका भुटानी शरणार्थी काण्डका अनुसन्धानमा रहेका मानिसलाई मध्यराति प्रहरी परिसर टेकुका बिक थरका प्रहरी ईन्सपेक्टरलाई थर्काइ हिरासतबाट मानिस झिकेर लगी थानकोट पुर्याई मरनासन्न हुनेगरी कुटपिट गर्दै भयंकर यातना दिंदै बालकृष्ण खाँड र प्रेम राई बिरुद्ध बोल्न जबर्जस्ती गरेका समेत आरोप छ।
स्राेतका अनुसार केसीले अपराध महाशाखाको कमाण्ड गरि रहँदा अदालतको अनुमति नलिईकन विभिन्न व्यक्तिहरुको कलडिटियलहरु संकलन गर्ने गरेको प्रहरी सोर्तनै बताउँछ।
विषेश सोर्तका अनुसार राजनीतिक रुपमा रवि लामिछानेका फ्यान भएका एआईजी केसी लामिछाने गृहमन्त्री भएको बखत बहालवाला प्रहरीका तर्फबाट सल्लाहकार थिए।
तत्कालीन गृहमन्त्री रवि लामिछानेका सल्लाहकारहरुमा रिटायर्ड प्रहरीका तर्फबाट पुष्कर कार्की ,विश्व पोखरेल र दिवेश लोहनी थिए भने बहालवाला प्रहरीका तर्फबाट श्याम ज्ञवाली र डा.मनोज केसी थिए।
यस्तै एआईजी केसीले २०५७ सालमा ईन्सपेक्टर रहँदा आफू गाडीमा यात्रा गर्ने अनि अरुको समेत जोडेर हवाई भाडा लिएकाले तत्कालीन समयमा प्रहरी हेडक्वाटरले नै कारबाहीका लागि सिफारिस गरेको पुष्टि भएको छ। एआईजी साझप यस्ता झिनामसिना कुरामा नलागेको भए राम्रो हुनेथियो कि?

