ग्यास बुलेटमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
काठमाडौं। चितवनको खैरहनी नगरपालिकामा रोकिराखेको ग्यास बुलेटमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
आइतबार राति खैरहनी नगरपालिका-२ लदरी खोला पुलमा रोकिराखेको एच आर ३८ ए एफ ६१२६ नम्बरको ग्यास बुलेटमा बागमती प्रदेश ०३-००२ प ३२३० नम्बरको मोटरसाइकल ठोक्किँदा चालक चितवन खैरहनी नगरपालिका-२ का मनिष बोगटीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका नायब उपरीक्षक रविन्द्र खनालका अनुसार टाउकोमा चोट लागेर गम्भीर अवस्थामा पुरानो मेडिकल कलेज भरतपुर लगिएका बोगटीलाई चिकित्सकले मृत घोषणाा गरेका हुन्।
प्रहरीले बुलेट चालक भारत बिहार राज्य सिवान का ५९ वर्षीय दशरथ प्रसादलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको छ।
