नर्सको समस्या समाधान गर्न सातै प्रदेशमा समिति गठन

काठमाडौं । सरकारले नर्सहरूको पारिश्रमिक र सेवा, सुविधासम्बन्धी समस्याको समाधानका लागि सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आइतबार राति अबेरसम्म बसेको बठकले यो निर्णय गरेको हो ।

उक्त समितिले नर्सहरूको सेवा–सुविधा, कार्य वातावरण र अन्य समस्याको अल्पकालीन तथा दीर्घकालीन समाधानका लागि सुझावसहितको प्रतिवेदन ७ दिनभित्र पेस गर्ने कार्यादेश पाएको छ ।

मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथाकी अनुसार नेपाल नर्सिङ संघको संयोजकत्वमा प्रत्येक प्रदेशमा सम्बन्धित प्रदेशको स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र आन्दोलनरत नर्सहरूका प्रतिनिधि सम्मिलित कार्यदल गठन गरिनेछ । यी कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेस गर्नेछन् ।