कवि मेनकाले उभ्याइन् मनको अदालत कवितासंग्रह पाठकको कठघरामा
प्रेम प्रसाद कडेल
चितवन। ११७ औं लक्ष्मी जयन्तीको अवसरमा गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा कवि मेनका चापागाईं काप्रीको मनको अदालत कवितासंग्रह सार्वजनिक गरिएको छ। कवि मेनका चापागाईंको माता पिता,नगर प्रमुख मदनभक्त अधिकारी, गैंडाकोट प्रज्ञा प्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी डा.भूमिराज चापागाईंद्वारा संयुक्त रुपमा कृति सार्वजनिक गरिएको हो।
विद्रोही स्वभाव र चेतनाको धारकी लेखक चापागाईंको लेखकिय क्षमता अब्बल भएको वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक एवम् पूर्व सहायक क्याम्पस प्रमुख रमेश प्रभातले बताए।
कृतिमाथि प्राध्यापक रञ्जना लामिछानेले उनका ३ छोटा कविता र कवितामा वर्तमान समयमा चेतनाको स्तर समृद्ध राष्ट्र निर्माण गर्ने सपना बोकेर हिँडेको, मायाप्रेम , महिला चेतनाको सशक्तिकरण देखिएको बताइन्।
विश्लेषक उदय अधिकारीले मेनका चापागाईंको साहित्यिक आगामी यात्रा सफल रहोस् भन्दै प्रथम प्रयास नै सफलताको धोतक भएको बताए। उनले लक्ष्मी प्रसाद देवकोटा पश्चिमा र नेपाली साहित्यमा समाजको चित्रण गरिएको छ।
भारतको साहित्यिक कार्यक्रममा सहभागी हुँदा साक्षात्कार हुँदा महाकवि देवकोटाको चर्चा भएको बताए। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै डा भूमिराज चापागाईंद्वारा कविको व्यक्तित्व र कृवित्वको चर्चा गर्दै उहाँ स्कुल जीवनमा पठन र लेखनमा अब्बल भएको बताए।
कविता सङ्ग्रह मनको अदालतमा साहित्यका सबै सान्दर्भिक विषयमा लेखिएका ६९ वटा कविता समावेश गरिएको छ। कार्यक्रममा कवि विष्णु पन्थी, एकदेव रिमाल र उदित प्रकाश सिग्देलले उक्त कविता संग्रहबाट एक एक कविता वाचन गरेर सुनाउँदा सभाहलमा उपस्थित सबै सबै रोमान्चित बनेको दृश्य मनमोहक थियो। गैंडाकोट प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित पुस्तकको मूल्य ३५१ रूपैयाँ रहेको छ।
कार्यक्रममा बोल्दै कवि मेनका चापागाईं काप्रीले उपस्थित सबै सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दै सहयोगी सम्पूर्ण हातहरुलाई स्मरण गर्दै लक्ष्मी जयन्तीको उपलक्ष्यमा आयोजित कार्यक्रममा कार्यक्रममा प्रकाशनमा सहयोग गर्ने गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको प्रशंसा गरिन्।
प्रमुख अतिथि गैडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले मेनका चापागाईंको साहित्यिक व्यक्तित्व र आगामी दिनमा उज्ववल भविष्यको शुभकामना व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष गैंडाकोट प्रज्ञा प्रतिष्ठानका कुलपति कवि एवं गजलकार गोविन्दराज विनोदीले उहाँले मनको अदालतद्वारा साहित्यिक कठघरामा उभ्याउन सफल भएको बताए।
उनका कविता कोभिड समयमा रचना गरिएको र सत्यको पक्षमा विद्रोह चेतमा जनताको पक्षमा लेखिएको दस्तावेज भएको विनोदीले बताए। कार्यक्रममा सहजीकरण गैंडाकोट प्रज्ञा प्रतिष्ठानका सदस्य एवं सम्पूर्ण किताबका निर्देशक लेखराम सापकोटाले गरेका थिए।
