प्रदीप अधिकारीमाथि आक्रमण गर्ने तीन जना पक्राउ
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि आक्रमण गरेको आरोपमा तीन जना पक्राउ परेका छन।
सोमबार साँझ घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै अधिकारीमाथि आक्रमण गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सर्लाही घर ३४ वर्षीय हेम तामाङ, रामेछाप घर भएका ३० वर्षीय सिर्जन अधिकारी र काभ्रे घर भएका ३७ वर्ष जति कोकिल बहादुर शाही रहेका छन्।
उनीहरूलाई गएराति र बुधबार बिहान पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
