म कुनै राजनीतिक दलमा आबद्ध भइसकेको छैन: कुलमान घिसिङ
काठमाडौं। ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले तत्काल कुनै पार्टीमा आबद्ध भइनसकेको प्रतिक्रिया दिएका छन्।
मन्त्री घिसिङले आफूलाई उज्यालो नेपाल पार्टीमा आबद्ध भएको र त्यसको अध्यक्ष बनाउन लागिएको भन्ने हवाला दिँदै विभिन्न सामाजिक सञ्चाल एवं सञ्चारमाध्यममा जोडेर प्रकाशन भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
‘समाचारमा उल्लेख गरिएजस्तो उक्त पार्टीमा मेरो आबद्धताका बारेमा कुनै किसिमको छलफल भएको छैन। प्रचार गरिएजस्तो ‘जुम’ बैठकमा मेरो सहभागितासमेत नरहने प्रष्ट पार्दछु,उनले भनेका छन्,मसँग कुनै छलफल र सल्लाह नै नगरी दुषित मनसायका साथ असत्य तथा तथ्यहीन सामग्री प्रचारप्रसार गरिएको हुँदा यसको खण्डन गर्दछु र सबैलाई त्यस्ता भ्रममा नपर्न अनुरोध गर्दछु।
