एनसेल टावरमा करेन्ट लाग्दा एकजनाको मृत्यु

धनकुटा। धनकुटामा एनसेल टावरमा विद्युत मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक कर्मचारीको मृत्यु भएको छ। बिहीबार बिहान एनसेल टावरमा विद्युत मर्मत कार्यका क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका सागुरीगढी वडा नं ३ का हेन्सम भनिने नरबहादुर मिभक लिम्बुको मृत्यु भएको हो।

करेन्ट लागेपछि तत्काल उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) लैजाँदै गर्दा बाटोमै मृत्युु भएको प्रहरीले जनाएको छ। लिम्बू एनसेल टावरमा विद्युत मर्मत कार्यमा संलग्न कर्मचारी थिए।

टावर मर्मत गर्दा विद्युत प्राधिकरणसँग अनुमति लिएर गर्नुपर्छ। तर, कर्मचारीलाई काम लगाउने सुनसरीका गणेश नेपालले प्राधिकरणसँग अनुमति नलिई लिम्बुलाई काममा खटाएका थिए।

घटनापछि नेपाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले बताए। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिए।