अन्डाको मूल्य बढ्यो,प्रतिक्रेट कति ?

काठमाडौं । अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आज सोमबारदेखि लागु हुने गरी अन्डाको मूल्य बढाएको हो। उत्पादन घटेको र खपत बढेको भन्दै सङ्घले फेरि अन्डाको भाउ बढाएको छ। सङ्घका अनुसार अब भाउ बढेसँगै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ र मध्यम अन्डाको ४ सय ५० रुपैयाँ पुगेको बताए।

अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५० रुपैयाँ भाउ बढाइएको हो। यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो । उपभोक्ताका लागि एउटा अन्डाको खुद्रा मूल्य भने २२ रुपैयाँकै हाराहारीमा रहेको र उपभोक्ता मूल्यमा त्यति ठूलो फरक नपर्ने सङ्घले जनाएको छ।

उत्पादकले होसलसेल (थोक)मा बेच्ने भाउ बढाएपछि होलसेलरले व्यापारीलाई नै महँगोमा अन्डा बेच्छन्। यसो हुँदा उपभोक्ताले महँगोमा अन्डा किन्नुपर्ने हुन्छ।