माओवादीमै फर्किए गोपाल किराँती, यस्तो छ ३ बुँदे सहमति
काठमाडौं । गोपाल किराँती नेतृत्वको ‘देशभक्त समाजवादी मोर्चा’ माओवादी केन्द्रमा समाहित भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका अध्यक्ष किराँतीले तीन बुँदे सहमती गर्दै किराँती नेतृत्वको मोर्चा माओवादी केन्द्रमा समाहित भएको पत्र सार्वजनिक गरेका हुन् ।
हालको राजनीतिक अस्थिरताका बिच देशलाई सही दिशातर्फ लैजाने उद्देश्यसहित कात्तिक १५ गते नै दुई दलबीच यस्तो सहमती भएपनि पत्र भने आज मात्रै सार्वजनिक गरिएको हो ।
सार्वजनिक सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समाजवादी राज्य–व्यवस्थाको कार्यान्वयन र दलाल–नोकरशाही पुँजीवादी शासन अन्त्य गर्न एकीकृत समाजवादी ध्रुवीकरणको आवश्यकता औंल्याइएको छ ।
जसअनुसार पहिलो बुँदामा विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गरी दस्तावेजीकरण गर्ने उल्लेख छ । सो प्रक्रियाबाट वर्गीय तहबाटै नयाँ आधारमा एकता र रुपान्तरणको दिशा तय गरिने बताइएको छ।
दोस्रो बुँदामा गोपाल किरातीले विकसित गरेको देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र” विषयमा पार्टीभित्र व्यवस्थित छलफल गरी पूर्ण जनवादका आधारमा निर्णय लिने उल्लेख छ ।
तेस्रो बुँदामा उक्त सहमति कार्यान्वयनका लागि गोपाल किराती नेतृत्वका माक्र्सवादी क्रान्तिकारीहरु नेकपा ९माओवादी केन्द्र०मा ध्रुवीकृत हुने निर्णय गरिएको छ।
