जाँचबुझ आयोगले आईजीपीलाई सोध्यो स्पष्टीकरण
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ मा भएको दमन र भोलिपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग स्पष्टीकरण सोधेको छ।
मागको विवरण उपलब्ध नगराएको आरोपमा आयोगले बुधबार पत्र पठाउँदै आईजीपी खापुङलाई ‘तपाईंलाई किन कारबाही नगर्ने? भनी स्पष्टीकरण सोधेको हो।
आयोगका प्रवक्ता पूर्वएआईजी विज्ञानराज शर्माले आईजीपी खापुङलाई २४ घण्टे स्पष्टीकरण सोधिएको जानकारी दिए ।
जाँचबुझ आयोगले तीन सातादेखि भदौ २३ र २४ गते कार्यक्षेत्रमा खटिएका प्रहरीहरूको विवरण मगाएको थियो । जवाफमा प्रहरी मुख्यालयले त्यो दिन आईजीदेखि प्रहरी जवान फिल्डमै रहेको जवाफ दिएपछि असन्तुष्ट बनेको आयोगले आइजीपीसँगै स्पष्टीकरण सोधेको हो । जेनजी आन्दोलनका बेला उपत्यकाका बृत्तहरुमा खटिएका इन्चार्जहरु परिवर्तन भइसकेका छन् ।

