भीम रावल आज नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दै

काठमाडौं। मातृभूमि जागरण अभियान, नेपाल चलाइरहेका नेता डा.भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा आज समायोजन हुदैछन् ।

आज दिउसो साढे १ बजे राष्ट्रिय सभामा कार्यक्रम गरेर मातृभूमि जागरण अभियान, नेपाल र नेपाली कम्युनिष्ट पार्टीबीच समायोजन हुने भएको हो।

कार्यक्रमलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधव कुमार नेपाल, मातृभूमि जागरण अभियान, नेपालका संयोजक भीम रावलले सम्बोधन गर्नेछन्। नेपाली कम्युनिष्ट पार्टीमा रावललाई नारायणकाजी श्रेष्ठ, बामदेव गौतम सरहकै वरियता दिने गरि सहमति भएको बताइएको छ।