प्रधानमन्त्री ओलीले रोक्दा रोक्दै गृहमन्त्रीबाट राजीनामा दिएको हुँः रमेश लेखक
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले भदौ २३ गतेको जेनजी आन्दोलनपछि आफूले गृहमन्त्री पदबाट राजीनामा दिन्छु भन्दा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मिल्दैन भन्दै रोकेको बताएका छन्।
पार्टीको जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै लेखकले भदौ २३ गतेको आन्दोलनमा भएको मानवीय क्षतिपछि नैतिकताको आधारमा राजीनामा दिने तयारी गर्दा प्रधानमन्त्री ओलीले रोकेको तर आफूले पत्र दिएर निस्किएको बताएका हुन्।
‘भदौ २४ गते बिहानै सभापति(शेरबहादुर देउवा)कहाँ म गएँ। केही नेताहरू हुनुहुन्थ्यो। मलाई पीडा भयो दुस्ख भयो। मैले राजीनामा गर्छु भनेर प्रस्ताव गरेको थिएँ। राजीनामा मात्रै होइन कांग्रेस सरकारबाट फिर्ता हुने कुरा आएको थियो। निष्कर्ष आएन। म राजीनामा दिन्छु भनेर मन्त्रिपरिषद् बैठकमा गएँ। क्याबिनेटमा पनि यही भनेँ,’ उनले बैठकमा भने, ‘प्रधानमन्त्रीले राजीनामा दिन मिल्दैन भन्नु भएको थियो। तर मैले यो धरातलमा बस्न मिल्दैन भनेँ। मैले यो मेरो अन्तिम क्याबिनेट बैठक हो- राजीनामा दिएँ भनेर लिखित पत्र बुझाएँ।
उनले आफ्नो अन्तिम प्रस्ताव भन्दै सामाजिक सञ्जालको प्रतिबन्धको निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको तर ओलीले नमानेको उनको भनाइ छ।
उनले जेनजी आन्दोलन र भएका घटनाबारे राखेको धारणा
मुलुक विषम परिस्थितिमा छ। सभापतिले आदरणीय उपसभापतिलाई धेरै आशा र भरोसाका साथ कार्यबाहक दिनु भएको छ। मुलुको अवस्थाबारे शुष्म ध्ययन गरेर निर्णायक तहमा पुग्नुपर्ने छ। यो तपाईंलाई (पूर्णबहादुर खड्का)अवसर पनि हो चुनौती पनि हो।
यो बेला नेपाली कांग्रेस सरल अवस्थामा हुने कुरै भएन। कांग्रेस जीवन्त हुनुको कारण भनेको मुलुकमा अन्योलता हुँदा ठीकसँग समस्या पहिचान गरेर सम्बोधन गरेर ठीक राष्ट्रिय एजेन्डा पहिचान गर्नु र नेतृत्व प्रदान गर्नु हो। यो बैठकप्रति देश विदेशमा रहेकाहरूले भरोषाका साथ हेरेका छन्।
केही समयदेखि जेनजीले केही मागहरू राखेर सामाजिक सञ्जालमार्फत विचार राखिरहेका थिए। जनमत बनाइरहेका थिए। मागहरू सम्बोधन गर्नुपर्ने खालका थिए। सुशासन, भ्रष्टाचार नियन्त्रण, वाक स्वतन्त्रता तथा सामाजिक सञ्जाल नियन्त्रणको विरोध भइरहेको थियो। यसैका लागि २३ गते गर्न समय मागियो। माइतीघरमा समय दिएको अवस्था थियो। २३ गते जेनजीहरू भेला भए। त्यसपछि अचानक प्रदर्शन बानेश्वरको संसद् भवनतिर प्रवेश गर्यो। दुखद् घटना घट्यो।
यो घटना कसरी भयो भन्नेबारे धेरै कुरा बाहिर आइसक्यो। शुष्म अध्ययन गरेर यसको निष्कर्ष निकाल्नुपर्छ। २३ गते घुसपैठ भयो। परिणाम( प्रकृति र प्रवृत्ति भयानाक थियो। संगठित र प्रायोजित थियो। हाइज्याक भएर आगजनी र तोडफोड भयो।
नयाँ पुस्ताले उठाएका माग जायज थिए। त्यसलाई सम्बोधन गरेरै अघि जानुपर्छ। तर मुलुकमा वितण्डा मच्चाउने काम भयो। सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथिको आक्रमण भर्त्सना योग्य छ। विराटनगरमा कोइराला निवास, चाक्सीबारीमा गणेशमान निवास, बोडे गाउँको कृष्णप्रसाद भट्टराईको आश्रम तोडफोड भए।
जेनजीको आवरणमा प्रायोजित संगठित र अपराधिक गतिविधि देखियो। विद्यार्थीलाई उक्साएर कलेजबाट बानेश्वरसम्म कसले पुर्यायोरु तोडफोड आगजनी गर्न कसले उक्सायोरु यी विषयमा अध्ययन गर्नुपर्छ। यसबारेमा तत्कालीन सरकारको गृहमन्त्री रहेकोले म भन्छु( २३ गतेको कार्यक्रम जानकारी थियो। २२ गते केन्द्रीय सुरक्षा समितिको बैठक राखेको थिएँ। यो बैठकमा युवा पुस्ताको आन्दोलनको तयारी र संभावित तयारीका बारेमा छलफल भएको थियो। मैले मान्छे मर्नुहुन्न। शान्ति सुरक्षाको व्यवस्था गर्न भनेको थिएँ। सुरक्षा प्रमुखहरूले यसको तयारीमा लागेको बताउनु भयो।
प्रधानमन्त्री ओलीसँग पनि सुरक्षाका बारेमा छलफल गरियो। त्यहाँ पनि त्यही कुरा भयो। रातिसम्म कुरा भयो। तर जुन प्रकृतिको घुसपैठ भयो। सुरक्षा सिस्टमले अनुमान गरेको भन्दा बाहिर, सूचनाभन्दा बाहिर र फरक खालको भयो। सामान्य किसिमले घटेको घटना होइन।
प्रधानमन्त्री र तत्कालीन गृहमन्त्रीले आदेश दिएको होकि भन्ने बाहिर हल्ला छ। यो प्रधानमन्त्रीले आदेश दिने विषय पनि होइन, दिनु पनि पर्दैन। मैले भनेको छु( कुनै दुखद् घटना नहोस्।
यो समग्र घटनालाई सरकार परिवर्तनका लागि मात्रै हो भने मैले राजीनामा दिएकै थिएँ। प्रधानमन्त्रीले दिनु भएको थियो। यो सामान्य घटना होइन। संविधान, व्यवस्थाविरुद्ध र कांग्रेसविरुद्ध हो भन्ने निर्णय कांग्रेसले तत्काल गर्नुपर्छ।
