राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजारले गराए मतदाता सूचीमा नाम दर्ता
काठमाडौं । राष्ट्रिय परिचयपत्र मार्फत २ लाख २५ हजार ५७५ जनाले नयाँ मतदाता नामावली दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार नयाँ मतदाता नामावली संकलन खुला गरिएदेखि कात्तिक ३० गतेसम्म बायोमेट्रिक्स मार्फत पनि ३ लाख २ हजार ६२ जनाले नाम दर्ता गराएका छन् ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिने आयोगले जनाएको छ ।
अहिले राष्ट्रिय परिचयपत्र नम्बर भएको खण्डमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी सरकारले व्यवस्था मिलाएको छ ।
