ओलीको आग्रहः सकेसम्म सर्वसम्मतिले जाऔँ, मतदान नै चाहिए त्यो पनि हुन्छ

काठमाडौं। नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी महाधिवेशनमा मतदान गर्न चाहनेहरूका लागि मतदानबाटै पदाधिकारी चयन हुने बताएका छन्।

आइतवार दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह ९लोगो० सार्वजनिक गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्। महाधिवेशनमा संगठनात्मक विषय, राजनीतिक प्रतिवेदनमा कुनै हेरफेर गरिराख्नुपर्ने अवस्था नरहेको बताए।

विधानमा ठूलो परिवर्तन गर्नुपर्ने केही नरहेको भए पनि आवश्यक परे केही छोटो विधिबाट गर्न सकिने स्पष्ट पारे। उन्नत सहमतिका साथ महाधिवेशनलाई एकताको महाधिवेशनको रुपमा अघि बढाउन उनको आह्वान छ।

महाधिवेशन पुनःगठन, पुनः संरचना, रुपान्तरण, पुस्तान्तरणको थलो भएको बताउँदै सकेसम्म सहमतिका आधारमा पदाधिकारी टुंग्याउन आग्रह गरे। सर्वसम्मति हुन नसके मतदान अनिवार्य हुने पनि स्पष्ट पारे। एकताबद्ध भएर महाधिवेशनमा जान र कसैलाई अपमान नगर्न उनको आग्रह छ।

अध्यक्ष ओलीले प्रतिस्पर्धालाई एमालेले नराम्रो नमान्ने पनि स्पष्ट पारे। आफूहरूले रोजेर नै प्रतिस्पर्धाको तरिका ल्याएको बताए।