प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सीईओ अशोक शेरचनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको छ।
सीआईबी प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार शेरचनलाई आइतबार बैंकको केन्द्रीय कार्यालय, अनामनगरबाट पक्राउ गरिएको हो। श्रेष्ठले भने, “बैंकिङ कसुरको आरोपमा शेरचनलाई पक्राउ गरिएको हो। बाँकी विवरण अनुसन्धानपछि मात्र सार्वजनिक गरिनेछ।”
यसअघि सीआईबीले प्रभु बैंकका पूर्वअध्यक्ष देवी भट्टचनलाई पनि बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको थियो। भट्टचनलाई हाजिरजमानीमा रिहा गरिएको थियो।
