रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश

काठमाडौं। अदालतले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ।

उच्च अदालत बुटवल इलजासका सूचना अधिकारी रामबहादुर कुँवरले अदालतले रविलाई २ करोड ७४ लाख ८४ हजार रुपैया धरौटीमा थुनामुक्त गर्न आदेश दिएको बताए।

आदेशमा लामिछानेले निवेदनसाथ पेस गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत (ग्यारेन्टी)लाई अदालतले बिगोका हकमा सुरक्षित राख्न भनिएको छ।