रवि र छविको मुद्दामा फरकखालको आदेश,आदेशसहित
काठमाडौं। सहकारी ठगी मुद्दामा उच्च अदालत बुटवल इलजासले रास्वपा सभापति रवि लामिछानेलाई २ करोड ७४ लाख ८४ हजार रुपैया धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ।
आज भएको आदेशमा लामिछानेले निवेदनसाथ पेस गरेको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत (ग्यारेन्टी)लाई अदालतलाई बिगोका हकमा सुरक्षित राख्न भनिएको छ।
तर छविलाल जोशीको हकमा छुट्टै आदेश भएको छ। उनी भने तत्काल छुट्न पाउने छैनन्।
पूर्वडीआईजीसमेत रहेका जोशीले आफ्नो भागमा पर्ने बिगो रकम बराबरको बैंक ग्यारेन्टी वा धरौटीको सक्कल कागजात लिएर रुपन्देही जिल्ला अदालतमा निवेदन दिनुपर्ने छ। जिल्ला अदालतले उक्त सक्कल प्रमाण हेरेर पुनः विचार गर्नसक्ने गरी अदालतले आदेश गरेको छ।
आदेश……


