सशस्त्र प्रहरीको विभिन्न पदमा भर्ना खुल्यो

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले विभिन्न पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ। सशस्त्र प्रहरीको भर्ना तथा छनौट शाखाले सूचना जारी गर्दै साधारण समूह, साधारण उपसमूह, प्राविधिक समूह र स्वास्थ्यतर्फका रिक्त पदहरू खुला प्रतियोगितामार्फत पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो।

यहि पुस ११ गतेदेखि माग ११ गतेसम्म कार्यालय समयभित्र दरखास्त फाराम बुझाउन सकिनेछ। तोकिएको समयपछि दोब्बर दस्तुर बुझाई माघ १२ गतेदेखि २१ गतेसम्म पनि दरखास्त दिन सकिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।

अनलाइनमार्फत दरखास्त दिएका सशस्त्र प्रहरी निरीक्षक,सशस्त्र प्रहरी सहायक निरीक्षक, प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) पदका आवेदकले माघ २३ गतेभित्र आफूले रोजेको कार्यालयमा सक्कलै दरखास्त फाराम बुझाउनुपर्ने छ।